Ads

आज बिहान भारतको गौरीकुण्डमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु


काठमाडौँ । भारतको उत्तराखण्ड स्थित केदारनाथ धाममा आज बिहान एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएकाे छ। गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण  नजिकै दुर्घटना भएको हो।

दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको रहेको थियो । हेलिकप्टर देहरादूनबाट केदारनाथ जाँदै थियो।

दुर्घटनामा हेलिकप्टरमा सवार सबै ५ जनाको मृत्यु भएको बताइएको छ। मृत्यु हुनेमा एक बच्चा पनि छन्। खराब मौसमका कारण दुर्घटना भएको हो। उद्धारकर्ता र प्रहरी टोलीसँगै घटनास्थल पुगेका छन्।

Ads

सम्बन्धित पोष्टहरू