Ads

संसद् अवरोधबारे सभामुखको प्रमुख दलहरूसँग छलफल


नेकपा माओवादी केन्द्रसँग सहमति भए पनि रास्वपा र राप्रपाको अवरोध कायम रहेपछि सभामुखले बानेश्वरमा प्रमुख पाँच दलसँग छलफल गरिरहेका छन्।

छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही छन्।

सभामुखले संसद्को अवरोधबारे आज बिहान रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र प्रमुख सचेतक परियारसँग बालुवाटारमा पनि छलफल गरेका थिए।

Ads

सम्बन्धित पोष्टहरू