Ads

मानिसहरूले तुरुन्तै तेहरान छोड्नुपर्छ: ट्रम्प


वासिङ्टन डीसी । इजरायल–इरान द्वन्द्वको बिचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको राजधानी तेहरानलाई तुरुन्तै खाली गर्न सल्लाह दिएका छन् ।

ट्रुथ  सोसलमा आफ्नो खातामा एउटा पोस्ट गर्दै ट्रम्पले लेखेका छन्, ‘मैले हस्ताक्षर गर्न भनेको सम्झौतामा इरानले हस्ताक्षर गर्नुपथ्र्याे । यो निकै लाजमर्दो कुरा हो र मानव जीवनको बरबादी पनि हो,’

‘सिधा शब्दमा भन्नुपर्दा, इरानसँग आणविक हतियार हुनै सक्दैन । मैले यो कुरा बारम्बार भनेको छु ! सबैले तुरुन्तै तेहरान खाली गर्नुपर्छ !’ अझ अगाडि उनले लेखेका छन् ।

जी७ शिखर सम्मेलनमा भाग लिन क्यानडा गएका ट्रम्प एक दिन अघि नै त्यहाँबाट फर्कदैछन् । उनी चाँडै फर्कनुको कारण मध्यपूर्वको अवस्थालाई जिम्मेवार ठहराइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू