Ads

दाङको घोराहीस्थित ट्राफिक चोकको बस्तीमा पस्यो बाढी


दाङ, । दाङको घोराहीस्थित ट्राफिक चोक नजिक पर्ने शिरडी साई मन्दिर टोलमा बाढी पसेको छ । आज बिहानको वर्षासँगै सातगाउँले लख्वारे कुलोमा आएको बाढी बस्तीमा पसेको हो ।

घोराही उपमहानगरपालिका १५ को शिरडी साई मन्दिर टोलका प्राय सबै घरमा बाढी पसेको पत्रकार कुलदीप न्यौपानेले बताए ।

उनका अनुसार दर्जनौं घरका भुइँतला जलमग्न छन् । आँगन, भान्साकोठा, बेडरुम लगायतका कोठाहरुमा धमिलो पानी पसेको छ । फोहोर पानीले खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा भिजेका छन् । उनका अनुसार स्थानीयवासी घरभित्र पसेको पानी मोटर चलाएर र भाँडामा भरेर फ्याँकिरहेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू