Ads

भरतपुरमा आयुर्वेद अस्पताल बनाउन सरकारले दियो सार्वजनिक जग्गा


चितवन,। सरकारले चितवनको भरतपुर महानगरपालिका १५ शिवनगरमा १ सय बेड क्षमताको आयुर्वेद अस्पताल बनाउनका लागि जग्गा दिएको छ । मन्त्रीपरिषद्को असार २ गते बसेको बैठकले सो अस्पतालका लागि दुई विघा १३ कठ्ठा, १५ धुर सार्वजनिक जग्गा दिने निर्णय गरेको हो ।

विगतमा जग्गा प्राप्तीका लागि धेरै प्रयास भए पनि उपलब्ध नहुँदा अस्पताल बनाउने योजना अघि बढ्न सकेको थिएन । संघीय सरकारले सो आयुर्वेद अस्पतालका लागि चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, जग्गा नहुँदा भवन निर्माण हुन सकेको थिएन । अस्पतालका लागि विगत तीन वर्षदेखि जग्गाको खोजी हुँदै आएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू