Ads

संसदमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम


काठमाडौं । प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । बैठकको सम्भाविक कार्यसूचीको पहिलो नम्बरमै प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई राखिएको छ ।

सभामुखको सचिवालयका अनुसार ९ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरमा भाग लिँदैछन् ।

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यत्रम सकिएपछि बजेटको मन्त्रालयगत छलफलले निरन्तरता पाउनेछ ।

Ads

सम्बन्धित पोष्टहरू