Ads

कप्तान विपिन शर्माको घातक बलिङमा १३५ रनमा रोकियो सिंगापुर


काठमाडौं। कप्तान विपनप्रसाद शर्माको कसिलो बलिङसँगै सिंगापुरले एसिसी यु १६ क्रिकेट इस्ट कपको पहिलो खेलमा नेपाललाई १३९ रनको सामान्य लक्ष्य दिएको छ।

मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ थालेको सिगांपुरले ३६.१ ओभरमा सबै विकेट गुमाएर १३८ रन बनाएको हो।

सिंगापुरका कप्तान रियान नायकले सर्वाधिक ५३ रन बनाए। ५३ बलमा उनले ९ चौका प्रहार गरे। ओपनर आहान भुधानभाम ३८ र अर्का ओपनर रोशन अरुन ११ रनमा आउट भए।

नेपालका कप्तान विपिन शर्माले सर्वाधिक ४ विकेट लिए। सचिन भट्टले ३ तथा शुभम खनाल र अभय यादवले समान १ विकेट लिए।

Ads

सम्बन्धित पोष्टहरू