काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद् अमरेशकुमार सिंहले देशका ५-७ बाहेकका जिल्लालाई अरु देशलाई लिजमा दिऊ भनेपछि हंगामा भएको छ।
जारी बैठकमा बोल्दै उनले यस्तो भनेपछि संसद्मा हंगामा भएको हो। उनको उक्त अभिव्यक्तिमा एमाले प्रमुख सचेतक महेश बर्तौलाले नियम आपत्ति जनाएपछि सभामुखले अमरेशको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।
महेशमात्र नभएर एमालेका अन्य सांसद्ले उनी बोल्दा होहल्ला गरेका थिए। फरक विषय बोलेपछि अमरेशलाई सभामुख देवराज घिमिरेले रोष्टम छाड्न भनेका थिए। साथै, अब यस्तो नगर्न सभामुखले सचेतसमेत गराएका थिए।
अमरेशले यसअघि सभामुख एमालेको भन्ने अभिव्यक्ति दिएका थिए। यसपछि पनि एमालेका सांसद्हरूले उनको भनाइप्रति आपत्ति जनाएका थिए।
प्रतिक्रिया दिनुहोस्