मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)जीवन साथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन् । विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ ।सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ, घरमा सामान्य मनमुटाव होला । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । पढाइ लेखाइमा समय दिन नसकिएला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ । शक्तिमा अंकुश लाग्नेछ । सन्तानबाट लाभ र सुख मिल्नेछ । दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन् । प्रेम वा दाम्पत्यमा आत्मीयभाव बढ्नेछ । सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौतीको समेत सामना गर्नुपर्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)पक्ष सबल बन्नुका साथै मान सम्मान पनि पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउनेछन् । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । काममा अवरोध आउने समय छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आयआर्जनका स्रोत प्रशस्तै भेटिनेछन् । व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ । पढाइ लेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । यात्रा फलदायी बन्नेछ र काममा उत्साह जाग्नेछ । व्यवसायिक काममा फाइदा उठेपनि तत्काल खर्च समेत गर्नुपर्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । बिना कारण आफन्तजनबाट टाढिनुपर्नेछ । माता पिताका बारेमा चिन्ता बढ्नेछ । विश्वास पात्रले धोका दिनेछन् । वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् । श्रम र उत्पादनको राम्रो मूल्य नपाइएला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव र छट्पटी बढ्ने देखिन्छ । सामाजिक प्रतिष्ठामा कमी आउनेछ । काममा विलम्ब र चुनौतीको सामना गर्नुपर्ला । मानहानि वा अपजशको समेत सम्भावना छ । आर्थिक अभावले सताउनेछ । गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)शिक्षा र साझेदारीमा फाइदा हुनेछ । परोपकार र मङ्गलमय काम सम्पादन गरिएला । मान सम्मान पाइनेछ । मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ । तर्क शक्ति बढ्नेछ । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति हुनेछ । अतिरिक्त आम्दानी बढ्नेछ । मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नतिको सम्भावना छ । अनुकूल स्थानान्तरणको पनि योग छ । आफन्तजनसँगै मनमुटाव बढ्न सक्छ । नशा वा जोर्नी सम्बन्धी समस्याले सताउन सक्छ । समय प्रतिकूल रहनेछ । बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई समय निकै अनुकूल देखिन्छ । सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन् । कृषि र व्यवसायमा उन्नति हुनुका साथै मनग्ये धन कमाउने अवसर जुट्नेछ । नयाँ नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)जीवन साथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुनेछ । घर जग्गा जोड्ने मौका छ । विशेष अध्ययनका लागि विदेश यात्रासम्मको योग छ । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिने समय छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)रोकिएका काम बन्न थाल्नेछन् । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ । पठन पाठनमा पनि प्रगति हुनेछ । सोच्ने शक्ति बढ्ने छ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्ने छन् । अन्न तथा धनको पनि वृद्धि हुनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ ।
प्रतिक्रिया दिनुहोस्