नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष सुर्खेतदेखि एक महिनाको लामो पैदल यात्रा गरी काठमाडौं आएका नवराज बोहोराले भेट गरेका छन्।
भेटमा उनले वातावरण संरक्षण, कर्णालीको समग्र विकास, अनियमितता र भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुशासन स्थापनाको अभियानबारे जानकारी गराए।
अध्यक्ष प्रचण्डले बोहोराको अभियान माओवादी केन्द्रको अभियानसँग मेल खाने उल्लेख गर्दै, आफू सरकारमा रहँदा कर्णालीको समृद्धिका लागि गरेका पहलले त्यसको प्रमाण भएको स्पष्ट पारे।
उनले बोहोराको अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्दै निरन्तरको शुभकामना दिएका छन्। अभियान्ता बोहोराले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए।
प्रतिक्रिया दिनुहोस्