Ads

विनियोजन विधेयकको पक्षमा मतदान गर्न एमाले सांसदलाई ह्विप


सत्तारुढ दल नेकपा एमालेले सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले १० असारको बैठकको लागि ह्वीप जारी गरेका हुन् ।

सो दिन आगामी आर्थिक वर्षको बजेट पारित हुनेछ । १५ जेठमा संघीय संसदमा पेस भएको बजेटमाथि १ असारबाट छलफल सुरु भएको थियो ।
विपक्षी दलहरू रास्वपा र राप्रपाको संलग्नताबिना बजेट पारित हुन लागेको हो ।

Ads

सम्बन्धित पोष्टहरू