Ads

सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे हुने


इरानले कतारमा आक्रमण गरेपछि हिजो (सोमबार) राति रद्द भएको दोहाको उडान आज (मंगलबार) मध्याह्न १२ बजेका लागि तोकिएको छ।

नेपाल एयरलाइन्सको विमान सोमबार राति ११ बजे दोहा उड्ने तालिका थियो तर त्यहाँ तनाव भएपछि रद्द गरिएको थियो। आज दिउँसो १२ बजेका लागि पुन: तालिकाबद्ध गरिएको नेपाल एयरलाइन्सका प्रवक्ता सुवास डाँगीले नागरिकलाई जानकारी दिए।

वैदेशिक रोजगारीका लागि कतार जानका लागि तयार भएका यात्रुहरू आक्रमणको सूचना पाएपछि अलमलमा परेका थिए।

Ads

सम्बन्धित पोष्टहरू