Ads

विराटनगर महानगरले ल्यायो चार अर्ब ४० लाखको बजेट


विराटनगर । विराटनगर महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०८२/०८३ का निम्ति चार अर्ब ४० लाख रुपैयाँको बजेट ल्याएको छ ।

मंगलबार (असार १०) नगरसभाको १६औँ अधिवेशनमा उपप्रमुख शिल्पा निरालाले नीति तथा कार्यक्रम र विनियोजित बजेट प्रस्तुत गरेकी हुन् ।

महानगरले पूर्वाधार विकास, वडास्तरीय योजना र सामाजिक क्षेत्रलाई प्राथमिकता दिएको छ । बजेटको स्रोत भने वित्तीय समानीकरण अनुदान संघ र प्रदेशबाट ३७ करोड ९६ लाख ३० हजार, राजस्व बाँडफाँटबाट एक अर्ब १९ करोड २० लाख, आन्तरिक राजस्वबाट एक अर्ब ४० करोड रुपैयाँ प्राप्त हुने अनुमान छ ।

यस्तै, नगद मौज्दात १४ करोड, संघीय सरकारको ससर्त र समपूरक अनुदान ८३ करोड ३४ लाख, प्रदेशको ससर्त अनुदान चार करोड २३ लाख ६७ हजार, सडक बोर्ड नेपालबाट एक करोड ५० लाख र अरू संघसंस्थाबाट १६ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ ।

महानगरले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ६४ करोड ७५ लाख, ऋणको साँवाब्याज भुक्तानीका निम्ति पाँच करोड, चालु आवको भुक्तानी दिन बाँकी योजना तथा कार्यक्रमका लागि आठ करोड रुपैयाँलगायत विभिन्न कार्य गर्न बजेट विनियोजन गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू