काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा आज साँझ साढे ५ बजे सार्वजनिक हुने भएको छ।
परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले शुक्रबार साँझ साढे ५ बजे एसईई नतिजा सार्वजनिक गर्ने बताएका हुन् ।
‘आजै पहिलो चरणको बोर्ड बैठक सकिएको छ । अर्को बैठक अपराह्न चार बजे बसेर साढे ५ बजे नतिजा सार्वजनिक हुन्छ’, शर्माले भने ।
योपटक शिक्षकहरुको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण रोकिँदा नजितामा ढिलाइ भएको हो।
यसवर्षको एसइईमा ५ लाख १४ हजार ७१ परीक्षार्थी सामेल थिए। गत वर्षको तुलनामा यस वर्षको परीक्षामा ४९ हजार २८६ जना बढी परीक्षार्थी सहभागी भएका हुन्। गतवर्षको एसइईमा चार लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए।
प्रतिक्रिया दिनुहोस्