Ads

असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति पौडेल धान रोपाइँमा सहभागी


काठमाडौँ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ  । राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल  सहभागी थिए । रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै जीवन निर्वाहको  आधार मात्र  नभएर व्यावसायिक  बनाउनुपर्ने बताए  ।

कृषिलगायत सबै खाले श्रमको सम्मानको संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन प्रतिकात्मक रूपमा रोपाइँमा सहभागी भएको बताए । रोपाइँपछि दही चिउरा खाने कार्यक्रम पनि आयोजना गरिएको थियो ।उनले कृषि पेसामा निर्भर भई कृषिलाई रोजगारीको आधारस्तम्भको रूपमा परिचित गराउन अग्रसर कृषकहरूलाई अन्नदाताका रूपमा सम्मान गर्नुपर्ने बताए  ।

Ads

सम्बन्धित पोष्टहरू