Ads

मेड्रिड पुगे प्रधानमन्त्री ओली


विकासका लागि वित्तसम्बन्धी संयुक्त राष्ट्रसंघको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको मड्रिड आइपुगेका छन् ।

प्रधानमन्त्री ओलीलाई अडोल्फो सौरेज बराजाज अन्तर्राष्ट्रिय विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनील नेपाल, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र स्पेनको विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आइतबार साँझ सम्मेलनस्थल सेभिया पुग्ने कार्यक्रम छ ।

Ads

सम्बन्धित पोष्टहरू