Ads

लगातारको वर्षापछि धनगढीलगायत आसपासका क्षेत्र जलमग्न


काठमाडौं । गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन् । मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, पुरानो भन्सार कटान गाउँको दक्षिणपट्टिको बस्तीलगायत आसपासका स्थानहरू जलमग्न भएका छन् ।

त्यसैगरी, अधिकांश पसल पनि डुबानमा परेका छन् । भारी वर्षाले सडक तथा नाली पूरै भरिएर सडकमा हिँड्न सर्वसाधारणलाई समस्या भएको छ । अव्यवस्थित तथा पुराना नालीका कारण अलि पनि बढी पानी परेपछि निकासा हुन नसक्दा हरेक वर्ष वर्षातमा यस्तो अवस्था सृजना हुने गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू