Ads

सरकारी सेवा सुविधा फिर्ता गर्न पूर्वराष्ट्रपति भण्डारीको गृह मन्त्रालयमा निवेदन


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त सरकारी सेवा र सुविधा नलिने निर्णय गरेकी छन् ।

उनको स्वकीय सचिवालयले बुधबार गृह मन्त्रालयमा सेवा–सुविधा नलिने सम्बन्धी पत्र दर्ता गराएको छ । गत शनिबार मात्रै भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा पुनः फर्किएको घोषणा गरेकी थिइन् ।

‘जबजका तीन दशक’ विषयक राष्ट्रिय गोष्ठीमा उनले सामाजिक–आर्थिक रूपान्तरण, सुखी जनता र समुन्नत नेपाल निर्माण गर्ने दायित्व अझै अधुरो रहेको बताउँदै एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् ।

Ads

सम्बन्धित पोष्टहरू