Ads

कर्णाली डेभलपमेन्ट बैंक घोटाला : तत्कालीन अध्यक्ष मिश्र पक्राउ


 

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन् ।

नेपालगञ्जबाट बुधबार पक्राउ परेका मिश्रलाई काठमाडौं ल्याइँदै छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्रउ गरेको हो ।

पक्राउ परेका मिश्र नेकपा एमालेका केन्द्रीय सदस्य हुन् । मिश्र २०६६ देखि २०७५ सालसम्म बैंकको अध्यक्ष थिए । कर्णाली विकास बैंक घोटाला प्रकरणमा प्रहरीले यसअघि बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय र तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरीलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरूमाथि बैंकिङ कसुर तथा सजाय ऐन- २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कर्णाली विकास बैंकमा साढे २ अर्ब रुपैयाँ हिनामिना भएको उजुरी परेको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू