काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्पेनी महारथी क्लब रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नबाउ पुगेका छन् ।
प्रधानमन्त्री ओलीलाई क्लवका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको भ्रमण गराएका थिए ।
यसअघि प्रधानमन्त्री ओलीले स्पेन भ्रमणको जानकारी संसदमा गराउँदा आफूले रियल मड्रिडका अधिकारीहरूलाई भेट्ने बताएका थिए ।
सान्टियागो पुगेर उनले ‘केपी ओली’ लेखिएको जर्सी पनि फहराएका छन् ।
प्रतिक्रिया दिनुहोस्