Ads

उपरथी खत्रीलाई उपत्यका पृतनाको जिम्मेवारी


नेपाली सेनाको सहायक रथीबाट उपरथीमा बढुवा भएका रविन्द्र खत्रीलाई दर्ज्याही चिह्न प्रदान गरिएको छ।

शुक्रबार जंगी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

खत्रीलाई असार १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो। बढुवासँगै उनलाई उपत्यका पृतनाको पृतनापतिमा बढुवा गर्ने निर्णय भएको छ।

Ads

सम्बन्धित पोष्टहरू