Ads

हुम्ला हिँडेका प्रधानमन्त्री खराब मौसमका कारण सुर्खेतमै रोकिए


कर्णाली करिडोर अर्न्तगत हुम्लाको चुवाखोलामा नेपाली सेनाले निर्माण गरेको बेलिब्रिज पुलको उद्घाटन गर्न सुर्खेत आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओली खराब मौसमका कारण सुर्खेतमै रोकिएका छन्।

बिहान साढे १० बजे सुर्खेत आइपुगेका प्रधानमन्त्री ओलीसहितको टोली सुर्खेतमै रोकिएको हो।

प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वप्रधानमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र पूर्वमन्त्री तथा एमालेका उपमहासिचव प्रदीप ज्ञवाली छन्। कालिकोटतिरको खण्डमा मौसम खराब छ। मौसम खराबीका कारण हेलिकोप्टर उड्न नसकेपछि प्रधानमन्त्रीसहितको टोली नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वार्टरमा बसेको छ।

कर्णाली करिडोर निर्माण थालनी भएको २६ वर्षपछि हुम्ला जिल्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ।

Ads

सम्बन्धित पोष्टहरू