Ads

पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औं जन्मोत्सवमा निर्मल निवासमा सर्वसाधारणको भीड (तस्बिरहरू)


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औं जन्मोत्सवको अवसरमा आज निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएसँगै बिहानैदेखि शुभेच्छुकहरूको उल्लेख्य भीड देखिएको छ।

कार्यक्रम सुरु हुनुअघि नै सयौं सर्वसाधारण निर्मल निवास बाहिर शुभकामना दिन उपस्थित भएका हुन्।

जन्मोत्सवको अवसरमा निर्मल निवास बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सर्वसाधारण, शुभेच्छुक तथा संघसंस्थाहरूका लागि खुला गरिएको हो।

राप्रपाका वरिष्ठ नेता तथा सांसद पशुपति शमशेर राणा पनि निर्मल निवास पुगेका छन्।

अन्य राप्रपा नेताहरू र राजसंस्थाका समर्थकहरू समेत कार्यक्रममा सहभागी भएका छन्।

हेर्नुस् तस्वीरहरूः

nirmal-niwas-(15)-1751864512.jpg
nirmal-niwas-(12)-1751864512.jpg
nirmal-niwas-(13)-1751864512.jpg
nirmal-niwas-(14)-1751864512.jpg
nirmal-niwas-(10)-1751864511.jpg
nirmal-niwas-(11)-1751864511.jpg
nirmal-niwas-(9)-1751864510.jpg
nirmal-niwas-(8)-1751864510.jpg
nirmal-niwas-(6)-1751864509.jpg
nirmal-niwas-(7)-1751864509.jpg
nirmal-niwas-(3)-1751864508.jpg
nirmal-niwas-(2)-1751864508.jpg
nirmal-niwas-(4)-1751864508.jpg
nirmal-niwas-(5)-1751864508.jpg

Ads

सम्बन्धित पोष्टहरू