मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मनग्य धन कमाउने अवसर मिल्नेछ । अरूको मन जित्न सजिलै सकिनेछ । आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम हात लाग्ने समय हो । कृषि तथा पशुपालनबाट लाभ लिन सकिनेछ । तर, काममा रुचि घट्न सक्छ र मनमा नकारात्मक विचारहरू डेरा जमाउन सक्छन् ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)अरूले तपाईंको कामको उच्च मूल्याङ्कन गर्ने समय छ । बोलीको कदर हुनेछ । कुनै विशेष खुशीको समाचार सुन्न पाइनेछ । राम्रो कामका लागि अनुकूल वातावरण मिल्नेछ । दीन दु:खीलाई गरेको सहयोगले रोकिएका काम बन्न सक्छन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)व्यवसायिक क्षेत्रमा लाभ मिल्नेछ । पुराना इष्टमित्र तथा प्रेमी–प्रेमिकाको पुनर्मिलनको सम्भावना छ । उद्योग र व्यापारमा विशेष लाभको योग छ । सहयोगीहरूको साथ पाइनेछ र योजना अनुसार काममा सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)बोलीको गलत अर्थ लाग्न सक्छ, त्यसैले बोलीमा संयमता अपनाउनुहोला । व्यापारमा घाटा हुन सक्छ र कर्मचारीबाट अपजस भोग्नुपर्नेछ । यात्रा घातक बन्न सक्ने सम्भावना छ । विश्वास गरेका व्यक्तिबाट नै धोका हुने जोखिम छ, त्यसैले आजको दिन यात्रा नगरेकै राम्रो हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आफन्त वा विश्वास गरेका व्यक्तिबाट धोका पाइने सम्भावना छ । पारिवारिक समस्याले मानसिक तनाव बढ्नेछ । अध्ययन, अध्यापन वा लेखनप्रति रुचि घट्नेछ । चोट पटकको भय पनि रहन सक्छ । माता पिताको स्वास्थ्यमा कमजोरी देखिन सक्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)मिठो भोजनको प्राप्ति हुनेछ । पठन पाठनमा प्रगति हुनेछ । नसोचेका कामहरू सफलतापूर्वक सम्पन्न हुनेछन् । आत्मविश्वास बढ्नेछ र शीघ्र निर्णय गर्ने क्षमता विकसित हुनेछ । विपरीत लिङ्गीको सहयोग मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)समय रमाइलो र मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान र सीप सिक्ने अवसर मिल्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । दाजुभाइको प्रगति सम्बन्धी समाचार सुन्न सकिनेछ । पारिवारिक जीवन सन्तोषजनक रहनेछ । व्यवसायबाट पर्याप्त लाभ उठाउन सकिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)सानातिना काम र घरेलु समस्यामा समय व्यतीत हुनेछ । हरेक काममा बाधा अड्चन आउन सक्छ । वादविवादमा फस्ने सम्भावना छ र लगानी प्रतिफल नआउने क्षेत्रमा हुन सक्छ । बौद्धिक तथा सृजनात्मक क्षेत्रमा भने सफलता मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने समय आएको छ । परोपकार र धार्मिक कार्य प्रति मन आकर्षित हुनेछ । वैवाहिक जीवन सुखद र समृद्ध बन्ने देखिन्छ । आम्दानी बढ्नेछ । पारिवारिक सुख प्राप्त हुनुका साथै अध्ययन–अध्यापनमा प्रगति हुने संकेत देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)काममा माता पिताको सहयोग प्राप्त हुनेछ । विशिष्ट व्यक्तिहरूको सल्लाह वा विचारले प्रभावित हुन सकिनेछ । सवारीसाधन प्राप्तिको योग छ । व्यापारमा लाभ हुनेछ । समाजमा तपाईंको प्रतिभाको कदर हुनेछ । धर्मकर्मप्रति रुचि बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)सन्तान वा अनुयायीको माध्यमबाट लाभ प्राप्त गर्न सकिनेछ । यात्राको सम्भावना छ । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्छन् । जग्गा–जमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । समाजमा तपाईंका आलोचकहरू सक्रिय हुन सक्छन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)शरीरमा थकान र आलस्यको अनुभव हुनेछ । अप्रिय समाचार सुन्दा मन खिन्न हुन सक्छ । मानसिक तनाव बढ्ने सम्भावना छ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ । खर्च बढ्नेछ, शरीरमा सुस्ती आउनेछ र विश्वास गरेका व्यक्तिबाट धोका पनि हुन सक्छ ।
प्रतिक्रिया दिनुहोस्