Ads

प्रधानमन्त्री ओली रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै


काठमाडौँ । बाढीको वितण्डापछि प्रधानमन्त्री केपी शर्मा ओली रसुवा जाने भएका छन् ।

प्रधानमन्त्री ओली मंगलबार अपराह्न रसुवा जान लागेका हुन् । रसुवागढी भन्सार क्षेत्रमा बाढीले तहस नहस बनाएसँगै स्थलगत अवलोकनका लागि प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन्।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले गृहमन्त्री रमेश लेखकसमेतलाई लिएर प्रधानमन्त्री रसुवा जान लागेका रातोपाटीलाई बताए । ती सदस्यका अनुसार आजै जाने भएपनि समय भने तय भइसकेको छैन ।

Ads

सम्बन्धित पोष्टहरू