Ads

लोकतान्त्रिक गणतन्त्र र संविधानको आधिकारिक पक्ष माओवादी हो: प्रचण्ड


काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक गणतन्त्र र संविधान निर्माणको आधिकारिक पक्ष माओवादी भएको दाबी गरेका छन्।

उनले सामाजिक संजालमा लेख्दै कांग्रेस-एमाले प्रतिपक्ष भएको दाबी गरेका छन्, ‘जतिसुकै सङ्ख्या भए पनि माओवादी संस्थापन हो भने कांग्रेस र एमाले प्रतिपक्ष हुन्, यो संविधान र लोकतान्त्रिक गणतन्त्रको आधिकारिक पक्ष होइनन्।’

उनले अहिले संख्याका हिसावले माओवादी तेस्रो स्थानमा भए पनि एजेण्डाका हिसावले संविधान निर्माणको आधिकारिक पक्ष माओवादी नै भएको दाबी गरे।

‘हामी अहिले कानुनी र सङ्ख्याको हिसाबले सदनमा तेस्रो स्थानमा छौँ । तर हाम्रो जतिसुकै सिट हुँदा पनि, अहिले ३२ सिट भए पनि वा पहिले २४० हुँदा पनि, अथवा अझै कम भएपनि आजको नेपाली राजनीति, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान, महिला, दलित, आदिवासी, जनजाति, मजदूर, किसान, मधेसी, मुस्लिम सबै उत्पीडित समुदायको अधिकार र पहिचान स्थापना गर्ने हिसाबले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी नै हो,’ उनको तर्क छ।

Ads

सम्बन्धित पोष्टहरू