Ads

मोटरसाइकल र स्कुटर ठोक्किँदा मृत्यु हुनेको संख्या तीन पुग्यो


झापा । झापाको बाह्रदशी गाउँपालिका- १, खयरबारीमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै र एक बालकको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, दुर्घटनामा स्कुटर चालक कचनकवल गाउँपालिका- ३ निवासी ६० वर्षीय श्रीप्रसाद राजवंशी र मोटरसाइकल चालक भारतको किशनगञ्ज, डिगलबैंक निवासी २७ वर्षीय सुरज टुडूको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मृतक राजवंशीका ७ वर्षीय नाति आयुष राजवंशीको राति ९ बजे बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

यस्तै, घाइते भएकी मृतककी बुहारी २७ वर्षीया उर्मिला राजवंशीको अवस्था गम्भीर रहेको र उनको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ। दुर्घटनामा संलग्न दुवै सवारी साधन इलाका प्रहरी कार्यालय राजगढको नियन्त्रणमा रहेको छ। प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको बताएको छ।

Ads

सम्बन्धित पोष्टहरू