मंगलबार बिहान तीब्बत क्षेत्रबाट आएको बाढीले नेपाल-चीन जोड्ने रसुवा नाका तहसनहस बनाएको छ । बाढीले गोसाइकुण्ड गाउँपालिका–२ स्थित बाढीले टिमुरे भन्सार क्षेत्र ध्वस्त भएको हो ।
बाढीले नेपाल-चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको छ भने २४ वटा कन्टेनर, ६ वटा ट्रक र ३५ वटा इभी गाडी बगाएको छ ।
स्याफ्रुबेसीदेखि टिमुरे जाने सडकसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ । रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा समेत क्षति भएको छ । नेपाल प्रहरीका अनुसार बाढीमा परेकामध्ये ९ जनाको शव फेला परेको छ । अझै १९ जना बेपत्ता छन् । बेपत्ता हुनेमा दुई प्रहरी, ६ चिनियाँ नागरिक र ११ जना सर्वसाधारण छन् ।
रसुवाको भोटेकोसीमा मंगलबार आएको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ । बाढीले पुल बगाएपछि चीनसँगको सम्पर्क टुटेको छ । सँगै बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ ।
चीनतर्फबाट आएको बाढीले गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा वितण्डा मच्चाउँदा टिमुरे भन्सार क्षेत्र ध्वस्त भएको छ । नेपाल प्रहरीका अनुसार रसुवामा गएको बाढीमा बेपत्ता भएकामध्ये ९ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार अझै १९ जना बेपत्ता छन् । प्रहरीका अनुसार दुई प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् ।
तस्वीरहरू: प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया दिनुहोस्