नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीमा नेतृत्वको विषयमा छलफल गर्ने बेला नभएको बताएका छन् ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा एमाले उपत्यका विशेष प्रदेश कमिटीको बैठकलाई आज सम्बोधन गर्दै उनले अहिले विधान महाधिवेशनमा आइरहेकाले पार्टीले विधि र विधानको विषयमा प्रवेश गरेको बताए ।
“अहिले विधि र विधानको कुरा गर्ने समय हो । विधि र विधानभन्दा बाहिर गएर छलफल गर्न आवश्यक छैन,” महासचिव पोखरेलले भने, “जतिबेला नेतृत्व चयनको विषय आउँछन त्यतिबेला त्यस विषयमा प्रवेश गर्नुपर्दछ । नेतृत्वको बारेमा बहस गर्ने बेला भएकै छैन ।”
उनले पार्टीको वैचारिक र राजनीतिक काममा पार्टीको ध्यान पुग्न नसकेको बताए । महासचिव पोखरेलले पार्टीलाई समाज बदल्ने उद्देश्यतर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्