Ads

नेप्से २५.८९ अंकले बढ्यो, साढे नौ अर्बको सेयर कारोबार


काठमाडाैँ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बिहीबार  २५.८९ अंकले बढेको छ। नेप्से परिसूचक ०.९५ प्रतिशतले बढेर २७३१.८० विन्दुमा बन्द भएको छ।

यस दिन नौ अर्ब ६८ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भयो। बुधबार सात अर्ब ४५ करोड १८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो।

१६१ कम्पनीको सेयर मूल्य बढेको छ। ८७ कम्पनीको सेयर मूल्य घटेको छ। माईखोला हाइड्रोपावरको सेयर मूल्य ८।१५ प्रतिशतले वृद्धि भएको छ।

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.९२ प्रतिशतले घटेको छ। कारोबारमा आएका १३ मध्ये हाइड्रोपावर र व्यापार समूहको परिसूचक घटेको छ। बाँकी समूहको परिसूचक बढेको छ।

Ads

सम्बन्धित पोष्टहरू