Ads

पूर्वमन्त्री बालाराम घर्तीमगरको निधन


काठमाडौँ। पूर्वमन्त्री राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक नेता बालाराम घर्तीमगरको निधन भएको छ। शुक्रबार बिहान साढे १० बजे ललितपुरको बिएण्डबी अस्पतालमा उपचारका क्रममा ८७ वर्षको उमेरमा घर्तीमगरको निधन भएको हो।

वि.स. १९९४ मा रोल्पाको सुनिलस्मृति गाउँपालिकामा जन्मिएका उनी हाल ललितपुरको सातदोबाटोमा बस्दै आएका थिए। उनी जन्मिदा रोल्पा जिल्ला नै थिएन।

रोल्पामा जन्मिएर राजनीतिमा लागेका उनी ११ पटक मन्त्री भए। घर्तीमगरको निधनप्रति राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत दु:ख व्यक्त गरेका छन्।

‘पूर्वमन्त्री तथा रोल्पाली जनताका ढुकढुकी बालाराम घर्तीमगरको निधनको खबरले हामी सबै स्तब्ध भएका छौँ। उहाँको निधनले नेपाली राजनीतिले मात्र होइन, रोल्पा जिल्लाले एक अभिभावक, एक सच्चा जनसेवक र एक प्रेरणादायी व्यक्तित्व गुमाएको छ’, शाहीले लेखेका छन्।

Ads

सम्बन्धित पोष्टहरू