Ads

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना व्यक्त गरेका हुन्। प्रधानमन्त्रीले सामाजिक सञ्जाल लेखेका छन्, ‘आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती। आदिकवि, जसले नेपाली मनमा रामायण रोपेर जानुभयो, नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो। नेपाली भाषामा आदिलेखन थालनी गर्नुभएका भानुभक्तप्रति नमन, स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना।’

आज देशभरि नै आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ।

Ads

सम्बन्धित पोष्टहरू