Ads

सुन्दरहरैचामा १२ उत्कृष्ट दम्पती सम्मानित


सुन्दरहरैँचा नगरपालिकाले नगरका उत्कृष्ट दम्पतीलाई सम्मान गरेको छ।

नगरका उदाहरणीय दम्पतीहरूलाई सार्वजनिक रूपमा सम्मान गर्ने उद्देश्यले यो सम्मान कार्यक्रम आयोजना गरेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाको सबै १२ वटा वडाबाट एक-एक जोडी छनोट गरी सम्मान गरिएको छ। सम्मानित जोडीहरूमा सुन्दरहरैँचा-१ का केशवप्रसाद काफ्ले र कञ्चन दाहाल, सुन्दरहरैँचा-२ का सचितानन्द साह (हलुवाई) र संगीताकुमारी गुप्ता हलुवाई सुन्दरहरैँचा-३ का धुब निरौला र अनु दाहाल, सुन्दरहरैँचा-४ का लिलाप्रसाद सिग्देल र अप्सरा सिग्देल सुन्दरहरैँचा-५ का बिरेन्द्रकुमार कट्टेल र सितादेवि कट्टेल, सुन्दरहरैँचा-६ का बाल्कृस्न घिमिरे र शकुन्तला गौतम घिमिरे, सुन्दरहरैँचा-७ का बलिराम चौधरी र फूलोदेवी चौधरी, सुन्दरहरैँचा-८ का खगेन्द्र न्यौपाने र सम्झना न्यौपाने, सुन्दरहरैँचा-९ योगराज कार्की र हिमकुमारी कार्की, सुन्दरहरैँचा-१० का बौद्धबहादुर दाहाल र कल्याणी खड्का दाहाल. सुन्दरहरैँचा-११ का बेद्कुमार खवास र केसरीवती खवास, सुन्दरहरैँचा-१२ का अमरबहादुर मगर र ताराकुमारी मगर रहेका छन्।

कार्यक्रममा नगर प्रमुख केदारप्रसाद गुरागाईं, उपप्रमुख अकली चौधरीले नगद १० हजारसहित सम्मान पत्र प्रदान गरे। कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधिहरू, स्थानीय सामाजिक अगुवा, युवा प्रतिनिधिहरू तथा सम्मानित जोडाहरूका आफन्तहरूको समेत उपस्थिति थियो।

सम्मानका लागि संयुक्त परिवारमा बसेको हुपर्ने, वादविवाद, झैझगडा गरेको हुन नहुने लगायतका मापदण्ड तोकिएको थियो।

Ads

सम्बन्धित पोष्टहरू