Ads

ओलीबिनाको एमाले हेर्नलाई २०/२५ वर्ष पर्खिनुपर्छः प्रधानमन्त्री ओली


झापा,। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको नेतृत्व गर्न पार्टी सदस्यता नविकरण गरेर पार्टीको काममा सक्रिय रहेको बताएको केही दिनपछि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझ २०/२५ बर्ष पार्टीको नेतृत्वमा रहने बताएका छन्। आइतबार नेकपा एमाले झापाद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अझै २०/२५ बर्ष पार्टीको नेतृत्वमा रहने दोहोर्‍याए।

उनले यस्ता अभिव्यक्ति यस अघि दिँदै आएका थिए। तर आइतबारको अभिव्यक्ति भण्डारीको पार्टी अध्यक्ष बन्ने भन्ने अभिव्यक्ति आएको केही दिनपछि आएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘ओलीबिनाको एमाले अहिले कल्पना नगरे हुन्छ। ओलीबिनाको एमालेको कल्पना गरेको भए अझ २०/२५ बर्ष पर्खनुपर्छ।’ उनले पार्टीलाई विखण्डन गराउन एमाले भित्र केही प्रयास भइरहेको बताए। उनले भने, ‘२०/२५ बर्ष पर्ख न केपी ओलीबिनाको एमाले हेर्न पाइहालिन्छ नि। हतार गरेर हुँदैन।

’ केपी ओली बिनाको एमाले हेर्न हतार गर्नेहरू आफैं अप्ठ्यारामा पर्ने उनको भनाइ थियो। उनले भने, ‘मूलाको बोट नछिप्पिँदै तान्नुभयो त्यान्द्रो मात्र आउँछ। छिप्पिन दिनुभयो भने मूला निकै बढेको हुन्छ। त्यसैले छिटो तान्ने प्रयास नगर्नुहोला।’ओलीले पार्टीभित्रको एकतालाई मजबुत बनाएर सङ्कल्पका साथ लाग्ने हो भने एमालेलाई कसैले हराउन नसक्ने दाबी गरे।

Ads

सम्बन्धित पोष्टहरू