काठमाडौँ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित हुग्दीखोला पुलस्थित सडकमा भ्वाङ परेको छ । सडकमा भ्वाङ परेपछि सो स्थानमा पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।
पुलमा भ्वाङ परेपछि सवारी एकतर्फी सञ्चालन गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । गएराति पौने ९ बजेतिर पुलमा भ्वाङ परेको हो । सडक आयोजनासँग समन्वय गरेर पुल मर्मतको पहल भइरहेको एसपी सुवेदीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्