काठमाडौँ, । सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ३५.०९ अंकले घटेर २७२५.७१ अंकमा बन्द भएको हो।
सोमबार ३ सय २१ कम्पनीका २ करोड ११ लाख २ हजार ५४० कित्ता सेयर ८ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ रुपैयाँमा खरिदबिक्री भएका थिए।
माइखोला हाइड्रो र हिमालय हाइड्रोको सेयर उकालो लाग्यो भने सामुदायिक लघुवित्त र धौलागिरि लघुवित्तका सेयर ओरालो लागेका थिए।
प्रतिक्रिया दिनुहोस्