Ads

एमाले सचिवालय बैठक च्यासलमा


आगामी भदौमा हुने विधान महाधिवेशनको तयारीका विषयमा छलफल गर्न बोलाइएको नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यलय च्यासलमा बैठक सुरु भएको हो।

एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा विधान महाधिवेशनको तयारीसहित विविध विषयमा छलफल र निर्णय हुनेछन्। विधान संशोधनको प्रस्तावका खाकाहरू उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने कार्यक्रम छ।

पौडेललाई यस अघि नै विधान संसोधन समितीको संयोजक तोकिएको थियो। आजको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, महासचिवल शंकर पोखरेलले प्रस्तुत गर्ने सांगठनिक प्रतिवेदनका विषयमा पनि छलफल हुने पनि गौतमले जानकारी दिए।

त्यस्तै आजको बैठकले भोली (साउन २ गते) बस्ने पार्टी पोलिटब्युरोको र साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका कार्यसूची पनि तय गर्ने छ।
एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।

Ads

सम्बन्धित पोष्टहरू