Ads

साफ यू-२० च्याम्पियनसिप: भुटानसँग भिड्दै नेपाल


काठमाडौँ- साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत बंगलादेशमा जारी प्रतियोगितामा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ। यसअघि पहिलो खेलमा भुटानलाई ६-१ ले हराएको नेपाल दोस्रो खेलमा पनि भुटानविरुद्ध सोही लयलाइ कायम राख्दै बंगलादेश सँग उपाधिको निर्णायक भिडन्त तय गर्ने प्रयासमा हुने छ।

शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा हुने खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजेदेखि सुरू हुने छ। आयोजक बंगलादेशसहित भुटान, श्रीलंका र नेपाल सम्मिलित प्रतियोगितामा डलब राउन्ड रोबिनको आधारमा प्रतियोगिता भइरहेको छ।

नेपालले श्रीलंकासँग दुई खेल खेलिसकेको छ। दुवै खेलमा नेपाल ७-० गोल अन्तरले विजयी भएको छ। आयोजक राष्ट्र बंगलादेशसँग पहिलो खेलमा ३-२ गोलले हारेको नेपाल आजको खेलपछि सोमबार बंगलादेशसँग संभवत निर्णायक खेल खेल्ने छ।

नेपालले ४ खेलबाट ९ अंक बटुलेको छ। समान खेलबाट घरेलु बंगलादेशको १२ अंक बनाएको छ। गोल अन्तरमा नेपाल अगाडी रहेकाले उक्त अग्रता कायम राख्दै अन्तिम खेलमा बंगलादेशलाइ हराएर च्याम्पियन बन्ने लक्ष्यमा नेपाल रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू