मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सोचेभन्दा बढी धन आर्जन गर्ने सम्भावना छ, तर इज्जत जोगाउने वा आडम्बर देखाउने प्रयासमा खर्च समेत बढ्न सक्छ । आफ्नै व्यक्तिगत सुखका लागि केही रकम खर्च हुनेछ । यद्यपि, अप्रत्याशित लाभको सम्भावना समेत देखिन्छ । प्रतिष्ठा र सम्मानमा वृद्धि हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)सुसुप्त सपना र चाहनालाई जीवन्त बनाउने उत्तम समय हो । जोखिमपूर्ण देखिने कार्यहरू पनि सजिलै सम्पन्न हुनेछन् । वरिष्ठ वा अनुभवी व्यक्तिहरूसँगको सहकार्यबाट आफ्ना प्रतिभा निखार्ने मौका पाइनेछ । पारस्परिक माया र समझदारी कायम रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)मौजमस्ती र रमाइलोमा अधिक समय बिताउँदा आर्थिक संकट देखा पर्न सक्छ । दानपुण्य र सामाजिक कार्यमा खर्च बढ्न सक्छ । तर, खाद्य पदार्थ, तरकारी, सौन्दर्य प्रसाधन र पेयवस्तु व्यापारमा लाभ हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)बौद्धिक क्षेत्र र ज्ञानसम्बन्धी कार्यमा मिहिनेत गर्नुपर्ने दिन हो । सहकर्मी वा जुनियरहरूको व्यवहारले चिन्ता दिन सक्छ, तर आफ्नो क्षमता अनुसार अवसर प्राप्त हुनेछ । पदोन्नति वा नयाँ जिम्मेवारी पाउने सम्भावना छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आनन्द वा प्रेमजीवनभन्दा कार्य क्षेत्रमा व्यस्तता रहनेछ । समयमै लवमेटलाई सन्देश दिई सन्तुलन कायम गर्न सकिनेछ । दाजुभाइ वा ससुराली पक्षसँग सम्बन्ध प्रगाढ हुनेछ । सहकर्मी र व्यवस्थापन पक्षसँग समन्वय राम्रो हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)ज्ञान र अध्ययनमा रुचि बढ्नेछ । शुभ चिन्तकहरूको साथ पाइनेछ । काठपात, प्लास्टिक, रबर, वा निर्माण सम्बन्धी कारोबार लाभदायक हुनेछ । सामाजिक वा पारिवारिक कार्यक्रममा सहभागी भइनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)शारीरिक थकान र मानसिक चञ्चलता बढ्न सक्छ । आफन्तका लागि बलियो भएर उभिनुपर्ने दिन हो । सहकर्मीहरूसँग समन्वय गर्दै अघि बढ्दा फाइदा हुनेछ । दबाबमा गरिने कामले पछिसम्म पछुतो हुन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)आम्दानी राम्रो हुने संकेत देखिन्छ । तर मन भावुक र अलमलिएको हुन सक्छ । पारिवारिक सुख पाइनेछ । वैवाहिक जीवनमा सुमधुर पलहरू व्यतीत हुनेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)अनावश्यक चिन्ताले ग्रस्त बनाउने दिन हो । काममा सफलता प्राप्त गर्न बढी मेहनत गर्नुपर्छ । स्वास्थ्य र आहारमा विशेष ध्यान दिनु उपयुक्त हुन्छ । प्राकृतिक वातावरणमा समय बिताउँदा मानसिक सन्तुलन फर्किन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)गोपनीयता राखेर काम गर्दा प्रशंसा पाइनेछ । परिवार र छोराछोरीतर्फ ध्यान दिनुपर्ने समय हो । साथीभाइसँग रमाइलो गर्ने अवसर मिल्नेछ । प्रेम सम्बन्धमा खुसीको अनुभूति हुनेछ । आत्मविकास र ज्ञान वृद्धिका लागि प्रयास गर्नु उपयुक्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)मनोरञ्जन वा खेलवाडमा अल्झनु लक्ष्य प्राप्तिमा बाधक बन्न सक्छ । आफ्ना विषय वस्तुमा अरूले हस्तक्षेप गर्न सक्छन्, सतर्क रहनुहोस् । गोपनीय भेटघाट वा छलफलको विषय लुकाउन आवश्यक हुन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)पारिवारिक वातावरण सुखद रहनेछ । साथीभाइसँग नयाँ योजना बनाउने समय हो । भ्रमणमा निस्कने अवसर मिल्नेछ । मिहिनेत अनुसार राम्रो उपलब्धि प्राप्त हुनेछ । दाजुभाइ, छरछिमेकीसँगको सहयोगले कार्यमा सहजता आउनेछ ।
प्रतिक्रिया दिनुहोस्