Ads

प्रतितोला ५०० रुपैयाँले घट्यो सुनको मूल्य


काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला ५०० रुपैयाँले घटेको हाे।

शुक्रबार सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा किनबेच भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। यसअघि बिहीबार सुन प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेको छ। शुक्रबार चाँदी प्रतितोला दुई हजार ३४० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ। यसअघि बिहीबार चाँदी प्रतितोला दुई हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।

Ads

सम्बन्धित पोष्टहरू