Ads

रञ्जिताले दिइन् बाँस्तोलालाई नाउपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी


नागरिक उन्मुक्ति पार्टी (नाउपा) का वरिष्ठ नेता शिव बाँस्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ।

पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले स्वास्थ्य समस्याका कारण बाँस्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिएको जानकारी दिइएको छ।

श्रेष्ठले जारी गरेको पत्रमा उल्लेख भएअनुसार, उनी हाल शारीरिक रूपमा अस्वस्थ रहेकाले पार्टीका दैनिक कार्य सञ्चालन र महत्त्वपूर्ण निर्णय प्रक्रियामा सक्रिय उपस्थित हुन असम्भव भएकाले वरिष्ठ नेता बाँस्तोलालाई यो जिम्मेवारी दिइएको उल्लेख छ। उक्त निर्णय शनिबारदेखि लागू भएको हो।

यसअघि, शुक्रबार नाउपाका बहुमत केन्द्रीय सदस्यहरूले पार्टीको केन्द्रीय समिति बैठक २४ घण्टाभित्र बोलाउन माग गर्दै अल्टिमेटम दिएका थिए। उनीहरूको दबाबपछि अध्यक्ष श्रेष्ठले कार्यवाहक व्यवस्था मिलाउँदै बाँस्तोलालाई अगाडि सारेकी हुन्।

यस निर्णयसँगै नाउपाको नेतृत्वमा आन्तरिक खिचातानी देखिएको छ भने कार्यवाहक अध्यक्ष बाँस्तोलाको भूमिकालाई लिएर पार्टीको आगामी रणनीतिमा कस्तो प्रभाव पर्छ भन्ने चासो बढेको छ।

Ads

सम्बन्धित पोष्टहरू