Ads

२०८२ साउन १२ गते सोमबार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)समयमा होस नपुग्नाले केही चुनौतीहरू आइपर्न सक्छन् । काममा ध्यान दिनु आवश्यक छ, नत्र अवसर गुम्न सक्छ । पुराना समस्या दोहोरिन सक्छन् । स्वास्थ्यमा कमजोरी देखिन सक्छ र उपचारमा खर्च बढ्ने सम्भावना छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)प्रक्रिया नमिल्नाले पहिलेको काम दोहोर्याउनु पर्ने हुन सक्छ । आलोचक र आक्षेप लगाउनेहरू सक्रिय रहनेछन् । विश्वास गरेका व्यक्तिबाट पनि धोका पाइने सम्भावना छ, तर जिम्मेवारी भने बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता प्रगाढ हुनेछ । साझेदारी काम र आम्दानीमा वृद्धि हुनेछ । भौतिक साधनहरू जुट्ने र गरिएका कामको प्रशंसा हुने समय हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)दाम, इनाम र प्रतिष्ठा प्राप्त गर्ने राम्रो अवसर छ । कीर्तिमानी काम गरेर आफ्नो क्षेत्रमै प्रभुत्व जमाउन सकिनेछ । व्यापारमा पनि राम्रो फाइदा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)खर्च बढ्न सक्छ र आर्थिक अभाव महसुस हुन सक्छ । समयको सही सदुपयोग गर्न नसक्दा अवसर गुम्न सक्छ । स्वास्थ्यमा कमजोरी आउन सक्छ । व्यवसायमा सोचेजस्तो नतिजा नआउने सम्भावना छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापारमा फाइदा हुनेछ । आँट र प्रयत्नले प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । साँझपछि परिस्थितिमा केही चुनौती देखिन सक्छ । दौडधुप बढ्न सक्छ, र फाइदाका पछि लाग्दा सम्बन्धमा चिसोपन आउन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)परिश्रमले आम्दानी बढाउनेछ । नयाँ ज्ञान प्राप्त गर्ने अवसर छ । धन लाभका साथ साथै परिवारका आवश्यकता पूरा गर्न सकिनेछ । साँझतिर सहयोगीहरूको साथले मन उत्साहित हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)बौद्धिक चिन्तनले नयाँ विचार जन्माउनेछ । अध्ययनमा प्रगति हुनेछ । तर भौतिक साधनमा समस्या आउन सक्छ । सावधानीले सामान्य लाभ लिन सकिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)कुरा लगाउनेहरूले समस्या निम्त्याउन सक्छन्, तर तपाईंको मेहनत सफल हुनेछ । चुनौतीहरू सामना गर्नुपर्ला । खर्च बढ्ने र साथीसँग दूरी बढ्न सक्छ । होसियारीपूर्वक काम गर्नुपर्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)बेसमयमा बचन दिने बानीले अप्ठ्यारोमा पार्न सक्छ । व्यवसायमा समस्या देखिन सक्छ । सामाजिक जिम्मेवारी बढ्नेछ । तथापि, भूमि, वाहन वा पैत्रिक सम्पत्तिबाट लाभ हुने संकेत छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)पढाइमा प्रगति हुनेछ । आम्दानी बढ्नेछ र रोकिएको रकम प्राप्त हुने समय हो । शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ । व्यापारमा अपेक्षाकृत लाभ मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)अरूलाई प्रभावित पारेर काम सम्पादन गर्न सकिने समय छ । नयाँ कामका प्रस्ताव आउन सक्छन् । रमाइलो जमघट र स्वादिलो भोजनको आनन्द पाइनेछ ।

Ads

सम्बन्धित पोष्टहरू