Ads

रेलको सपना, सुस्त पाइला : वर्षौंको योजना, सुस्त प्रगति (तस्बिरसहित)


सरकारले ल्याएको महत्वाकांक्षी परियोजना पूर्व-पश्चिम रेलमार्गको प्रगति निकै सुस्त छ । धेरैजसो ठाउँमा मुआब्जा विवादका कारण काम रोकिएको छ ।

हालैमात्र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बजेट अभावका कारण राष्ट्रिय गौरवको आयोजना पूर्व-पश्चिम रेलमार्ग निल्नु न ओकल्नु भएको बताएका थिए । राष्ट्रियसभाअन्तर्गत संघीयता सवलीकरण तथा राष्ट्रिय सवलीकरण समितिको बैठकमा उनले राष्ट्रिय गौरवका आयोजनाको सम्बन्धमा यस्तो बताएका हुन् ।

East-West-Rail-way_NPL_1212-1754376532.jpg
करिब चार अर्ब खर्च गरेर पूर्व–पश्चिम रेलमार्गको डीपीआर बनाइएको छ । तर, अन्य काम खासै अघि बढेको छैन । आयोजना सुरू भएको करिब एक दशकभन्दा बढी समय बितिसक्दा साढे ३ प्रतिशत काम भएको छ ।

पूर्वमा झापाको काँकडभिट्टादेखि पश्चिममा कञ्चनपुरको गड्डाचौकीसम्म पुग्ने ९२५ किलोमिटर लामो रेलमार्गमा अहिलेसम्म ३.४ प्रतिशतमात्र काम सम्पन्न भएको छ । यही गतिमा काम भए रेलमार्ग पूरा हुन दशकौं लाग्न सक्ने देखिन्छ ।

हाल सञ्चालनमा रहेको नेपालको एकमात्र रेल सेवा जनकपुर-जयनगर रेल पनि घाटामा चलिरहेको छ ।

East-West-Rail-way_NPL_3156-1754376532.jpg

East-West-Rail-way_NPL_1234-1754376525.jpg

East-West-Rail-way_NPL_3156-1754376532.jpg

East-West-Rail-way_NPL_1234-1754376525.jpg

East-West-Rail-way_NPL_3134-1754376519.jpg

East-West-Rail-way_NPL_3152DSC01444-1754376517.jpg

East-West-Rail-way_NPL_3152DSC01448-1754376511.jpg

East-West-Rail-way_NPL_3112-1754376511.jpg

East-West-Rail-way_NPL_3152-1754376503.jpg

East-West-Rail-way_NPL_3152DSC01422-1754376503.jpg

Ads

सम्बन्धित पोष्टहरू