नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत एमाले, कांग्रेस र माओवादीका प्रमुख नेताहरूको सूची सार्वजनिक गर्दै प्रचण्डको आलोचना गरेका हुन्।
यो प्रकरण त्यसपछि सतहमा आएको हो, जब अध्यक्ष प्रचण्डको अगुवाइमा नेपाली कांग्रेस र एमालेबाहेकका केही दलहरूको बैठक बसेको थियो। उक्त बैठकमा निर्वाचन आयोगले मस्यौदा गरेको “राजनीतिक दल स्व-मूल्यांकन कार्यविधि”माथि छलफल भएको थियो। दलहरूले आयोगले प्रस्तुत गरेको मस्यौदा दुई दलीय व्यवस्थाको पक्षपाती देखिएको भन्दै आपत्ति जनाएका थिए।
प्रचण्डले उठाएको प्रश्नको जवाफस्वरूप पोखरेलले नेतृत्वको ऐतिहासिक सूची सार्वजनिक गरेका छन्। उनले देखाउन खोजेको सन्देश के थियो भने बहुदलीय प्रणाली कायम रहँदा पनि प्रभावशाली नेतृत्व सधैं दुई प्रमुख दलमै सीमित रहँदै आएको छ। पोखरेल स्वयं पनि दुई दलीय व्यवस्थाका पक्षधर मानिन्छन् र उनले पटक–पटक त्यसको वकालत गर्दै आएका छन्।
पोखरेलको यो अभिव्यक्तिले मुलुकको राजनीतिक बहसलाई पुनः दुई ध्रुवीय व्यवस्थामै केन्द्रित गराएको देखिन्छ, जहाँ माओवादी नेतृत्व बहुदलीयताको प
प्रतिक्रिया दिनुहोस्