राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित राजवंशीकी आमा शुभो राजवंशीको ६३ वर्षको उमेरमा आइतबार निधन भएको छ।
लामो समयदेखि मुटु सम्बन्धी रोगबाट पीडित शुभोको विराटनगर महानगरपालिका–१४ स्थित निवासमै निधन भएको परिवारले जनाएको छ।
जेठा छोरा रामकिशोर राजवंशीका अनुसार आजै उनको अन्तिम संस्कार गर्ने तयारी भइरहेको छ। शुभोका तीन छोरा र एक छोरी छन्, जसमा ललित कान्छा हुन्।
आमाको निधनपछि ललितले सामाजिक सञ्जालमा “आई एम सो सरी मामु” लेख्दै भावुक श्रद्धाञ्जली दिएका छन्।
प्रतिक्रिया दिनुहोस्