नेकपा एमालेका नेता गोकुल बास्कोटाले भारतीय पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको एक अभिव्यक्ति साभार गर्दै नेपाली राजनीतिलाई तीतो व्यंग्य गरेका छन्।
गाईजात्राको दिन आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा व्यक्त गर्दै बास्कोटाले लेखेका छन्,
“एक समय आयो— आपराधिक तत्त्वहरू आफ्नो सुरक्षाका लागि नेताका छहारीमा आए। अर्को समय आयो— नेताकै लागि ती तत्त्वहरू हर्ताकर्ता भए। र, फेरि अर्को समय आयो— तिनैले राजनीतिमा कब्जा जमाए अनि आफैं नेता भए।”
बास्कोटाले यो भनाइ गाईजात्रे झटारो नभई भारतका पूर्व प्रधानमन्त्री बाजपेयीले लोकसभामा दिएको अभिव्यक्ति भएको स्पष्ट पारेका छन्। यद्यपि, उनले यो भनाइ नेपालमा को वा कसलाई लक्षित हो भन्ने खुलाएका छैनन्। तर, अभिव्यक्तिले नेपालको वर्तमान राजनीतिक परिवेशसँग धेरै हदसम्म मेल खाने संकेत दिएको छ।
प्रतिक्रिया दिनुहोस्