काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ।
श्रेष्ठको हात्तीवनस्थित निवासमा भएको भेटमा पूर्वउपप्रधानमन्त्रीद्वयले वर्तमान राजनीतिक परिस्थिति, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा समाजवादउन्मुख समावेशी लोकतन्त्र प्रवर्द्धनका लागि आवश्यक कदमबारे विस्तृत छलफल गरेका छन्।
श्रेष्ठको सचिवालयका अनुसार वार्तामा लोकतान्त्रिक उपलब्धिहरूको संरक्षण, समृद्ध नेपालमार्फत समाजवादतर्फको अग्रसरता तथा दलहरूबीच सहकार्यका सम्भावनाबारे पनि विचारविमर्श भएको थियो। पछिल्ला दिनमा माओवादी नेता श्रेष्ठले विभिन्न दलका शीर्ष नेतासँग राजनीतिक संवादलाई तीव्रता दिएका छन्।
प्रतिक्रिया दिनुहोस्