मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)शैक्षिक उन्नतिको अवसरहरू प्रशस्त रहनेछन् । विवाहितहरूको दाम्पत्य जीवन सुखमय हुनेछ । खानपानमा ध्यान दिनुपर्नेछ । नयाँ काम पाइने योग छ । शैक्षिक व्यवसाय गर्नेहरूका लागि समय अनुकूल रहनेछ । वैदेशिक कार्यहरू पनि सुचारु हुनेछन् ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)चरित्र सम्बन्धी आरोप आउन सक्ने भएकाले विपरीत लिङ्गीबाट टाढा रहनु लाभदायक हुनेछ । कुनै टाढाको यात्रा गर्ने अवसर प्राप्त हुन सक्छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)माता पिता र सन्तानसँगको मतभेद बढ्ने सम्भावना छ । पढाईमा अवरोध आउन सक्छ । आजको कुनै निर्णय सोचेर लिनुपर्छ । लेनदेनमा विवाद बढ्न सक्छ । विगतको मेहनतबाट फाइदा मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)नगद सहयोग गर्न रोक्नु राम्रो हुनेछ । बलभन्दा बुद्धिको काममा जोड दिनुहोस् । आय व्यय मध्यम रहनेछ । खर्चका बाध्यता बढ्नेछन् । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय अनुकूल छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)धार्मिक कार्यमा मन नलाग्ने, भाग्यले साथ नदिने, विश्वासघात हुने सम्भावना छ, त्यसैले गोपनीयतामा धेरै सावधानी अपनाउनु पर्नेछ । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै मिल्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ । पति पत्नी बीचको सम्बन्ध सुमधुर रहनेछ । व्यापारमा लक्ष्य अनुरूप सफलता प्राप्त हुनेछ । केही काम सोचेको समयमा सक्न नसकिनेछ । आत्मीयजनसँग असमझदारी वा मनमुटाव बढ्ने सम्भावना छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)हड्डी, नशा र पेटका समस्या बढ्ने भएकाले खानपानमा विशेष सतर्कता अपनाउनुहोस् । गोपनीयता कायम राख्नु लाभदायक हुनेछ । आम्दानीका अवसरहरू प्रशस्त मिल्नेछन् । भुलेका मित्रहरूले सम्झनेछन्, तर कतिपयसँग झगडा हुन सक्छ । विद्यार्थीहरूका लागि दिन राम्रो छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)पति पत्नी बीच विवाद बढ्नेछ । घरेलु समस्याले मन चिन्तित हुनेछ । मित्र र आफन्तबाट धोका पाउन सकिन्छ । आफ्ना कमजोरी माथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्दा वादविवाद हुन सक्छ । सहयोगीहरू टाढा हुन सक्छन् । प्रेमको बन्धन कसिने समय आएको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)नोकरी र राजनीतिमा गरेको प्रयास सकारात्मक रहनेछ । कहिले काहीं मिष्ठान्न भोजन गर्ने अवसर प्राप्त हुन सक्छ । कृषिमा कामको चाप र चौपायामा केही समस्या आएपनि धन लाभ हुने समय छ । काममा लगनशीलता कम भए अरूले आलोचना गर्न सक्छन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)बोलाइको प्रभावमा अरुलाई विश्वास दिलाएर आफ्नो कार्य अघि बढाउन सकिनेछ । वैदेशिक कार्यहरू तीव्र गतिमा अघि बढ्नेछन् । खानपानमा सावधानी अपनाउनुपर्छ, नभए स्वास्थ्य कमजोर हुन सक्छ । भेटघाटको अलमलले योजना बिग्रन सक्छ, ध्यान दिनुहोस् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)आम्दानी सिमित हुने भएकाले आर्थिक कठिनाइ आउन सक्छ । निरर्थक यात्रा हुन सक्छ, लाभप्रद यात्रा कम हुनेछ । प्रेम सम्बन्धमा खटपट चलिरहनेछ । प्रेम प्रसंग अघि बढ्दा पढाईमा कमी आउन सक्छ, संयम अपनाउनुहोस् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)हाड जोर्नीको समस्याले सताउनेछ । आर्थिक कारोबारमा समस्या आउनेछ । धार्मिक कार्यमा रुचि कम रहनेछ । अरूको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीव्रता आउनेछ, जोश र जाँगर बढ्नेछ ।
प्रतिक्रिया दिनुहोस्