Ads

एमएफएन बान्टमवेट च्याम्पियन रवीन्द्र ढाँटलाई सरकारको पाँच लाख पुरस्कार


बझाङका रवीन्द्र ढाँटले प्रतिद्वन्द्वीलाई पराजित गर्दै म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियन बन्ने गौरव हासिल गरेका छन्।

यस उपलब्धिका सम्मानस्वरूप सरकारले उनलाई रु पाँच लाख पुरस्कार दिने निर्णय गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयबारे सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै रवीन्द्रका प्रशिक्षकलाई समेत रु दुई लाख पुरस्कार प्रदान गरिने घोषणा गरेका छन्।

गत शनिबार भारतमा सम्पन्न प्रतिस्पर्धामा रवीन्द्रले भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएका थिए।

Ads

सम्बन्धित पोष्टहरू