मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज हाँसखेल र मनोरञ्जनपूर्ण समय हुनेछ । पारिवारिक सुख मिल्नेछ भने अध्ययन र अध्यापन क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । साना काम र घरेलु समस्यामा समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)आर्थिक पक्ष सुदृढ रहनेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा सफलता प्राप्त हुनेछ । मनमा केही दोधारको अवस्था सिर्जना हुन सक्छ । यात्रा पूर्ण रूपमा रमाइलो नहुन सक्छ, खानपानमा नियन्त्रण गर्नुहोला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)पारिवारिक सहयोग प्राप्त हुनेछ । दुर्गम स्थान वा टाढाको यात्रा सम्भावना छ, तर अनावश्यक यात्रा टार्न उचित हुनेछ । मनोरञ्जनको समय राम्रो छ । कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमिका वा जीवनसाथीसँग सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)कल्पना र भावनामा केन्द्रित रहने समय छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, त्यसैले मुखलाई नियन्त्रणमा राख्नुहोला । नचिनिएको स्थानबाट धनागमनको संकेत छ । शरीर फुर्तिलो महसुस हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)पारिवारिक वातावरण तपाईंको अनुकूल नहुन सक्छ । शरीरमा उत्साह र उमङ्ग रहनेछ । स्वास्थ्य सबल हुनेछ र काममा फाइदा हुनेछ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)पशुपालन तथा कृषि क्षेत्रबाट लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यपूर्वक काम लिने समय छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । आर्थिक लाभ प्राप्त हुनेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तो सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)परोपकार र धार्मिक क्षेत्रमा लगानी गर्दा राम्रो लाभ हुनेछ । रोकिएका काम सम्पन्न हुनेछन् । कसैसँग सामान्य झगडा हुन सक्छ । सवारी साधन चलाउँदा सचेत रहँदा चोट पटकबाट जोगिन सकिन्छ । बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)लामो दूरीको लाभदायी यात्रा गर्नु उपयुक्त समय हो । सामाजिक उत्तरदायित्व पूरा गर्न सकिनेछ । अधिकार प्राप्तिका लागि प्रतिस्पर्धामा सफलता मिल्नेछ । शत्रुहरूको चलखेल बढेपनि तपाईंलाई हानि पुग्ने छैन ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । वरिष्ठ व्यक्तित्व वा पर्यवेक्षकसँग अति सुमधुर सम्बन्ध रहनेछ । बन्द व्यापारबाट फाइदा हुनेछ । आर्थिक पक्ष सबल छ, यद्यपि समय बलियो छैन । गहना, कपडा वा धातुको वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)हाकिम, माता पिता वा विशिष्ट व्यक्तिको विचारले तपाईंलाई प्रभावित पार्न सक्छ । नोकरी वा व्यवसायसँग सम्बद्ध ठोस परिणाम प्राप्त हुनेछन् । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । स्वास्थ्यमा समस्या देखिन सक्छ । परिवारमा पाहुनाको चाप बढ्नेछ र तिनको आवागमनले महत्वपूर्ण समय प्रभावित पार्न सक्छ ।
प्रतिक्रिया दिनुहोस्